सम्झाउदा सम्झाउदै पनि नासिन ~ रहर बने पछि !!
सिसा नै बन्न परेछ कसैलाइ म ~ पत्थर बने पछि !!
पर्याप्त ज्ञान बिना दुश्मनी निभाउन ~ हिडेछौ तिमि
टुट्यौ आफ्नै प्रहार दुस्मनलाइ ~ अबसर बने पछि !!
ज्यान दिने बाचा थियो कुनै पल ~ मित्रतामा हाम्रो
लिन आएछ मित्र अन्तिम यात्रा ~ बगर बने पछि !!
उपहारले पनि आज आएर पूरा ~ सार्थकता पायो
प्रीया गलाको पासो तिम्रो त्यही ~ मफलर बने पछि !!
बाझो हुदा खल्ती आफ्नै रगतले ~ चिन्न इन्कार गरे
आज सन्सार तिम्रै हु भन्छ जिन्दगी ~ उर्वर बने पछि !!
प्रतिक्रिया