पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

याङवरकमा १६२ जना महिलाले लिए प्रजनन् रुग्णतासम्बन्धी स्वास्थ्य सेवा

चिन्तन खबर

नेत्रप्रसाद कोइराला, थर्पु ।

याङवरक गाउँपालिकाले आयोजना गरेको प्रजनन् रुग्णता स्वास्थ्य सेवाको स्किृनिङ तथा निःशुल्क स्वास्थ्य शिविरमा याङवरकका १६२ जना महिलाले सेवा लिएका छन् ।

याङवरक गाउँपालिका स्वास्थ्य शाखाले शिविर दुई स्थानमा सञ्चालन गरेको थियो । वडा नं. १, २ र ३ का लागि शनिवार स्वास्थ्य चौकी च्याङथापूमा र वडा नं. ४, ५ र ६ का लागि आइवार स्वास्थ्य चौकी थर्पुमा उक्त शिविर आयोजना भएको थियो । च्याङथापूमा आयोजित शिविरमा ९० जना र थर्पुमा आयोजित शिविरमा ७२ जनाले सेवा लिएका थिए ।

विशेष गरी पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको पहिचानका लागि शिविर आयोजना गरिएको याङवरक गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरमा महिलाका समस्या बाहेकका स्वास्थ्य समस्याको समेत परीक्षण, उपचार र परामर्श दिइएको थियो ।

याङवरक गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार प्रजनन् रुग्णता स्वास्थ्य सेवाको स्किृनिङ तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो ।