Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
हिलिहाङ–५ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

हिलिहाङ–५ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

चिन्तन खबर

फिदिम । हिलिहाङ गाउँपालिका वडा नं. ५ मा वडा कार्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । नवनिर्मित भवनको संविधान दिवसको अवसर पारेर बुधवार प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले उद्घाटन गर्नुभयो ।

हिलिहाङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बिर्खबहादुर सुहाङका अनुसार तीन रोपनी जमिनमा दुई तले भवन निर्माण सम्पन्न भएको हो । वडा कार्यालयमा आठ वटा कोठाहरु रहेका छन् । सुरज निर्माण सेवा प्रा.लि.ले रु. एक करोड एक लाख ६९ हजार ७६९ को लागतमा उक्त भवन निर्माण गरेको हो ।

२०७८ मंसिर २७ मा निर्माण सुरु भएको भवन एक पटक म्याद थप गरी निर्माण सम्पन्न भएको हो । साविक सुभाङ गाविसका ७ वटा वडाहरु समेटिएको यस वडाको कार्यालय साविक गाविस भवन केन्द्रमा नपर्ने भएपछि ओप्लासेमा भाडाको घरबाट सञ्चालन भइरहेको थियो ।

वडा कार्यालय भवन उद्घाटनपछि बोल्दै पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङले संविधानको परिकल्पना बमोजिम तीन तहको संघीय ब्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहका संरचनालाई ब्यवस्थित गर्नु आवश्यक रहेको वताउनुभयो ।

“जनताको सबैभन्दा नजिकको सरकार वडा कार्यालयलाई ब्यवस्थित गरेर प्रभावकारी सेवा प्रवाहमा लाग्नुपर्छ”, नेम्बाङले भन्नुभयो, “यहाँ शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई लगायत क्षेत्रमा धेरै संरचना अत्यावाश्यक छन् । तीनलाई क्रमशः पूरा गर्दै लैजान तीनै तहका सरकारले सहकार्य गर्नुपर्छ ।”

नेम्बाङले हिलिहाङ गाउँपालिकाको केन्द्र जोड्ने सल्लेरी–सुभाङ–पञ्चमी सडक कालोपत्रेका लागि आफूले पहल गर्दै आएको वताउनुभयो । वर्तमान संघीय सरकारले कालोपत्रेका लागि प्रदेश सरकारमा योजना हस्तान्तरण गरेको पाइएको भन्दै नेम्बाङले आफूले यो योजनालाई पहिलो प्राथमिकतामा राखेर पहल गर्ने वचनवद्धता ब्यक्त गर्नुभयो ।

शासन प्रणाली, सुशासन, मानवअधिकार तथा समावेशी प्रतिनिधित्वका लागि संविधान र कानूनले मार्ग स्पष्ट गरेपनि त्यसका लागि प्रभावकारी कार्यान्वयनको क्षमता र विवेक प्रदान नगर्ने भएकाले त्यसका लागि सबैले वुद्धिमतापूर्ण रुपमा काम गर्नुपर्ने उहाँको भनाई छ । “मुलुक ठीक बाटोमा हिँडिरहेको छैन् कि भन्ने लाग्छ । संविधानले दिएको बाटोबाटै अघि बढ्न म सबैसँग अपील गर्छु”, नेम्बाङले भन्नुभयो ।

कार्यक्रममा हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाका संरचनालाई ब्यवस्थित गर्दै सेवा प्रवाहलाई सहज बनाउने अभियानमा गाउँपालिका अघि बढेको वताउनुभयो । उहाँले गाउँपालिकाको प्रशासकीय भवन र वडा नं. ७ को कार्यालय भवन निर्माण सम्पन्न गरी गाउँपालिकाको सेवा प्रवाहलाई ब्यवस्थित गर्न गाउँपालिका लागिपरेको वताउनुभयो ।

कार्यक्रममा हिलिहाङ गाउँपालिकाका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाई, गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङ्देन, जिल्ला समन्वय समितिका सदस्य टेकराज योङहाङ, नेपाली काँग्रेसका जिल्ला सदस्य बालकृष्ण ओझा, नेकपा (एमाले) वडा कमिटीका अध्यक्ष मोहनकुमार उप्रेती, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रकाश सुहाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र साँवा सहितका कर्मचारीहरु तथा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा गायीका दीपा सुहाङले नेपाली तथा लिम्बू भाषाका गीतहरुमार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गा दाताहरु श्रीप्रसाद योङहाङ र भीमबहादुर सुहाङलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । वडा कार्यालय बुधबारदेखि नयाँ भवनबाट सञ्चालनमा आएको वडाध्यक्ष सुहाङले जानकारी दिनुभयो ।