काठमाडौं । ५० भन्दा बढी संघ संस्थाहरुले बागमती प्रदेश स्तरिय महिला मञ्चको आयोजना गर्ने भएका छन् । उक्त कार्यक्रम असोज ७ र ८ गते आयोजना हुन लागेको आज काठमाडौंमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।
महिलाबादी दृष्टिकोणका विषयमा गहन छलफल हुने उक्त कार्यक्रममा सरोकारबालासहित ३ सय ५० भन्दा बढी व्यक्तिहरुको उपस्थितिरहने जनाइएको छ । महिलाको श्रम, शरिर र वासको अधिकारमा केन्द्रीत रहने उक्त कार्यक्रममा उक्त विषयले महिलालाई पारेको प्रभाव उक्त प्रभावको समाज र देशलाई कसरी कति गहिराईसम्म असर परेको छ भन्ने विषयमा गहन छलफल हुने लागेको हो ।
‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितताः सामाजिक रुपान्तरणसहितको दिगो विकासको निश्चितता’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रमको आयोजना हुन लागेको महिल मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, काठमाडौंकी अध्यक्ष श्याम शाहले जनाकारी दिनुभयो । उहाँले कार्यक्रमको उदेश्य बताउदै भन्नुभयो–‘महिलाबादी दृष्टिकोणबाट समाजलाई विश्लेषण गर्न र महिला तथा पछाडि पारिएका समुदायको विद्यमान सवाल पहिचान गर्न र क्षमता अभिवृद्धिका लागि उक्त कार्यक्रममो आयोजना हुन लागेको हो । ’ यसअघि सोहि कार्यक्रम लुम्बिनी प्रदेशमा सकिएको पनि उहाँले जानकारी दिनुभयो । बागमती पछि अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम हुने उहाँको भनाई छ ।
मुख्यतय वेइजिङ सम्मेलन पछि त्यसैको मर्मलाई पछ्याउदै सञ्चारीका स्थापना भएको र महिला पत्रकारहरुको हकहितका साथै सम्पूर्ण महिलाहरुको पक्षमा वकालत गरिरहेको सञ्चारीका समुहकी अध्यक्ष विमला तुम्खेवाले बताउनुभयो । उहाँले लोकतन्त्र प्राप्तिपछि पनि व्यवहारीक रुपमा महिला नेतृत्वलाई अघि बढाउन कठिन भइरहेको र यस्तो फोरमले जागरण ल्याउन सहयोग गर्ने बताउनुभयो ।
असोज ७ र ८ मा हुने उक्त कार्यक्रम तुल्सीलाल स्मृति भवन च्यासलमा हुने आयोजकहरुले बताएका छन् ।
प्रतिक्रिया