फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरी भन्दा माथि धान उत्पादन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय गरेको छ ।
पालिकाले एक सय मुरी भन्दा धेरै धान उत्पादन गर्ने कृषकलाई ५० हजार र ५० मुरी देखि एक सय मुरी सम्म धान उत्पादन भएमा ३० हजार नगद पुरस्कार दिने निर्णय भएका पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो ।
गाउँपालिकाले यसै आर्थिक वर्षदेखि किसानलाई पुरस्कार दिने निती ल्याएको तुम्रोकले बताउनुभयो ।
उहाँले फाल्गुनन्द गाउँपालिका ‘धान उत्पादन कृषक प्रोत्साहन कार्यविधि–२०८०’ पारित भएको र यसै आर्थिक वर्षदेखि किसानलाई पुरस्कार दिने निर्णय भएको बताउनुभएको छ ।
प्रतिक्रिया