विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् ।
आज शुक्रबार उनले ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका छन् ।
नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरिएको छ । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बनेका छन् । कार्कीलाई सामाजिक विकास र मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा सुनिताकुमारी गुरूङलाई नियुक्त गरिएको छ ।
वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन् ।
अब कोशी प्रदेश सरकारमा १० सदस्यीय बनेको छ । मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको ४ महिनापछि दोस्रोपटक सरकार विस्तार गरेका छन् ।
प्रतिक्रिया