यासोक–पाँचथरको कुम्मायक गाउँपालिका–५ का निर्वतमान वडाअध्यक्ष याम बहादुर बोहोराले जन्म दिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्नुभएको छ । बोहोराले ६३ औं जन्म दिनको अवसर पारेर दुई विद्यालयका ८३ जना विद्यार्थीहरुलाई ३५ हजार मुल्य बराबरको शैक्षिक सामग्री बितरण गर्नुभएको हो ।
वडाको जनकल्याण आधारभूत विद्यालयका १४ र कागेश्वरी आधारभूत विद्यालयका ६७ गरी ८१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको बोहोराले जानकारी दिनुभयो । कक्षा–१ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई पुस्तकको संख्या अनुसार कपी, पेन्सिल, डट र कटर बितरण गरिएको थियो ।
जन्मदिन मनाउदा अनाश्वयक खर्च गर्ने परम्परा बढेको भन्दै आफुले त्यस्तो परम्परा तोड्न शिक्षा क्षेत्रमा लगानी गरेको बोहोराले बताउनुभयो । आगामी दिनमा पनि निरन्तर शिक्षा क्षेत्रमा थप लगानी गर्दै जाने बोहोराको भनाइ छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा सहभागी कुम्मायक गाउँपालिका ५ का वडाअध्यक्ष निर्मलराज घिमिरे र निवर्तमान गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बोहोराले शिक्षा क्षेत्रमा गरेको लगानी उदाहरणीय रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
यस अघि पनि उहाँले ६३ औं जन्म उत्सव पारेर सोही वडाका हिमालय र देउराली आधारभूत विद्यालयका ४३ जना विद्यार्थीहरुलाई २२ हजार मुल्य बराबरको स्कुल ब्यागझोला वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया