विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान सरकार पविर्तन नहुने बताउनु भएको छ । बिहीबार विराटनगरस्थित निवासमा आयोजित भेटघाट कार्यक्रममा उहाँले करिब दुई तिहाइको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने औंल्याउनु भएको छ ।
‘हाम्रो संख्या कति पुग्छ त्यसमा भर पर्छ । कांग्रेस र एमालेको संसदको संख्या भनेको झण्डै–झण्डै २ तिहाइको बहुमतको संख्या छ । जबसम्म कांग्रेसले हात झिक्दैन तबसम्म त यो सरकार चलिरहन्छ नि १ नेपाली कांग्रेसले पनि हात झिक्नुपर्ने अवस्था म चैँ देख्दिनँ’, उहाँले भन्नुभयो ।
सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उहाँको भनाई छ ।
प्रतिक्रिया