पाँचथर । द्धितिया मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वासाँगुमा सम्पन्न भएको खुल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि तेह्रथुमको फेदाप गाउँपालिकाले हात पारेको छ । दिपावलीको अवसरमा फाल्गुनन्द ६ र ७ नम्बर वडाको वासाँगुमा भएको प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरलाई हराउदै फेदापले उपाधि हात पारेको हो ।
प्रतियोगिताको पहिलो र दोस्रो सेट गुमाएको फेदापले तेस्रो र चौथो हातपार्दै खेलमा फर्किएको थियो । पाँचौ सेटमा आमचोक गाउँपालिका बिरुद्ध १८–१६ कठीन जित निकाल्दै फेदापले उपाधि कब्जा गरेको हो । उपाधि बिजेता फेदापले नगद १ लाख २५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पा¥यो भने उपबिजेतामा चित्त बुझाएको आमचोकले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो । प्रतियोगिताको बिजेता र उपविजेता टीमलाई फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे र पुर्व अध्यक्ष बीरबहादुर कुरुम्वाङले पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगिताको बेष्ट प्लेयर फेदाप गाउँपालिका तेह्रथुमका कुमार बस्नेत घोषित हुदै नगद ५ हजार ट्रफि, प्रमाण पत्र हात पारे । बेष्ट सरभर मिलन लिम्बु, बेष्ट सेटर मनोज घिमिरे बने, त्यसैगरी बेष्ट ब्लकर भोजपुर आमचोकका सन्दिप बिष्ट, बेष्ट स्पाइकर राजकुमार तामाङ बने । बेष्ट लिब्रो पाथिभरा याङवरक ताप्लेजुङका गिरिराज क्षेष्ठ बन्दै समान नगद २५ सय, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्तिक १८ गतेदेखि संचालन भएको प्रतियोगितामा भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथरका १२ टीमको सहभागी रहेको आयोजक त्रिबेणी क्लबका अध्यक्ष बसन्त आङदेम्बेले जानकारी दिनुभयो ।
प्रतिक्रिया