फिदिम । पाँचथरको फिदिम आयोजना हुँदै आएको ‘फाल्गुनन्द गोल्डकप’ को प्रथम हुने टिमलाई १० लाख ५ सय ५५ रुपैँया प्रदान गरिने भएको छ ।
विहीबार फिदिममा ‘फिदिम स्पोर्टिङ क्लब’ले पत्रकार सम्मेलन गरेर १० औं संस्करणको भन्दा पुरस्कार राशि दोब्बरले बृद्धि गरिएको जनाएको छ ।
आगामी पुस ६ गतेबाट आयोजना हुने ११ औं संस्करणको ‘गोल्डकप’को दोस्रो हुने टिमले ५ लाख ५ सय ५५ रुपैँया प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिनुभएको छ ।
यस पटकको सर्बोत्कृष्ट खेलाडीलाई इभी स्कुटर र म्यान अफ दी म्याचलाई १० हजारको दरले पुरस्कार प्रदान गर्ने उहाँले बताउनुभयो । त्यसै गरि सार्बाधिक गोलकर्तालाई १५ हजार र अन्य बिधागत तर्फका उत्कृष्ट खेलाडीहरुले १० हजारका दरले पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगितामा ४ वटा ए डिभिजन क्लब, १ वटा नेपाल सुपर लिग खेल्ने क्लब र आयोजक सहित ४ वटा मोफसलका क्लबहरुले उपाधिका लागी प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता पुष १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया