Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा उपाधि जित्ने अवसर « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा उपाधि जित्ने अवसर

चिन्तन खबर

काठमाडौं । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बंगलादेश र नेपाल उपाधिको लागि आज भिड्दै छन् । दशरथ रंगशाला आज नयाँ इतिहासको साक्षी बन्ने छ । महिला साफले पहिलोपटक नयाँ च्याम्पियन पाउँदैछ ।

नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा फुटबलको अधिकारिक प्रतियोगितामा उपाधि जित्ने अवसर मिलेको छ । स्वदेशमा नेपालले सन् १९८४ मा भएको तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा नेपाली पुरुष टोलीले फुटबल उपाधि जितेको थियो ।

त्यसयता नेपाली सिनियर महिला वा पुरुष टोलीले स्वदेशमा उपाधि जितेको छैन । पुरुष फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको ३८ वर्षपछि सोही दशरथ रंगशालामा महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर पाएको छ ।

पछिल्लो पटक पुरुष टोलीले सन् २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप जितेको थियो । नेपालले जितेको त्यो नै अन्तिम फुटबल उपाधि हो । त्यस पछिका ६ वर्ष नेपालले अन्तर्राष्ट्रिय फुटबलमा उपाधिविहिन बन्नु परेको छ । यसबीचमा नेपालको पुरुष टोलीले साफ च्याम्पियनसिप तथा महिला टोलीले साफ र सागको फाइनल खेल्दा उपाधि जित्न सकेन ।

यस बहुप्रतीक्षित बनेको यो साफ महिला च्याम्पियनसिप २०२२ कै फाइनल अघि सेमिफाइनलमा पनि इतिहासहरु रचिए । जसमा सर्वकालीन च्याम्पियन भारतले समूह चरणमा बंगलादेश र सेमिफाइनलमा आयोजक नेपालसँग हार व्यहोर्दा पहिलोपटक प्रतियोगिताबाट खाली हात बाहिरिनु पर्यो ।

साफमा पाँचौ पटक नेपालले फाइनल खेल्न गईरहेको छ भने बंगलादेश २०१६ पछि फेरि फाइनल पुगेको छ । लगातार भारतसँग फाइनलमा पराजित हुँदै उपाधि बिमुख बनेको नेपालले घरेलु भुमिमा पहिलोपटक ट्रफी उचाल्ने सपना बुनेको छ । उता बंगलादेश दोस्रो पटकको फाइनलमा उपाधिमा जित्न चाहन्छ ।

सिनियर टोलीमा नेपालले बंगलादेशसँग अहिलेसम्म हारेको ‌छैन । साफ च्याम्पियनसिपमा पनि नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध तीनवटै खेल जितेको छ । दुई राष्ट्रबिच भएका ७ खेलमा नेपालले ५ जित र २ बराबरीको नतिजा निकालेको छ । फोटो स्रोत : एन्फा