काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आलोपालो गर्ने विषयमा बन्दा कोठाभित्र हुने सहमति नमान्ने बताएका बताउनुभएको छ । संसदीय दलको नेतामा पराजित भएपछि उहाँले आगामी सरकारमा आफु सहभागि समेत नहुने बताउनुभएको छ ।
चुनावी परिणामपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारको नेतृत्वका लागि कांग्रेसलाई ढोका खुलेको बताउनु भएको छ ।
तर, पार्टीको जानकारीबेगर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने उनको भनाइ छ ।
‘पछि गएर कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न । पार्टीको संसदीय दल र सम्बन्धित समितिमा छलफलबेगर त्यस्तो सहमति गरियो भने त्यो उहाँको व्यक्तिगत कुरा हुन्छ । त्यसको दायित्व पार्टीले बोक्दैन,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया