Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

चिन्तन खबर

काठमाडौं । सत्ता गठबन्धनको आज बसेको बैठकले कोशी प्रदेशमा कांग्रेस संसदिय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले थापालाई बनाउने निर्णय गरेको नेकपा एसका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । गठबन्धन दल भित्र कांग्रेस ठुलो पार्टी भएकाले बाँकी संख्या पनि उहाँहरुलाई पुर्याउने गरि जिम्मा दिएका छौं पाण्डे भने ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ ।

कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पुर्याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।