काठमाडौं । रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको छ ।
रोमानियाका सञ्चारमाध्यमले २५ र ३६ वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको जनाएका छन् । उनीहरू हिँड्दै गर्दा रेलले ठक्कर दिएको बताएको छ ।
रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनमा रहेको नेपाली राजदूतावासले पनि दुर्घटनाबारे जानकारी आएको तर ज्यान गुमाउनेको पहिचान भई नसकेको जनाएको छ ।
दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३०८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान भएको हो । रोमानियामा झण्डै ५० हजार नेपाली कामदार रहेका अनुमान छ ।








प्रतिक्रिया