काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी तथा मजदुर संगठनले गरेको सार्वजनिक सवारी यातायात पुर्ण रुपमा ठप्प भएको छ । बन्दका कारण जनजिवन प्रभावित बनेको छ ।
आन्दोलनकारीहरुले सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आज सार्वजनिक यातायात ठप्प पारेका हुन् ।
सार्वजनीक सवारी काठमाडौं उपत्यकामा छिटपुट चलेपनि लामो दूरीका सवारी भने काठमाडौंबाट छुटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा हिजो मजदुरहरूले आगजनी तथा तोडफोड गरेका थिए ।
आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्ड लगायतका संरचनामा समेत आगो लगाइदिएका छन्।
बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले सोमबार सडक अवरुद्धसमेत गरेका थिए ।
प्रतिक्रिया