Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

चिन्तन खबर

पाँचथर । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर विक्री गर्ने गिरोहलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले खोजीको विशेष अभियान चलाएको थियो । हराएका मोटरसाइकलहरु खोजी गर्ने क्रममा गिरोह नै सम्लग्न रहेको पत्ता लगाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको हो । चोरी गरिएका मोटरसाइकलहरु चोरीमा सम्लग्नहरुबाट सञ्चालन गर्ने, पार्टपूर्जाहरु खोलेर काटेर स्वरुप परिवर्तन गरी विक्री गर्नेजस्ता कार्य हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्लाका विभिन्न स्थान र तेह्रथुमको आठराई गाउँपालिकाबाट हराएका मोटरसाइकलहरु बरामद भएपछि चोरीमा सम्लग्न गिरोह पत्ता लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ब्रम्हदेव साहले जानकारी दिनुभयो ।

प्रहरीले सो कार्यमा सम्लग्न तेह्रथुमको आठराई गाउँपालिका वडा नं. ४ का २३ वर्षीय श्रीप्रसाद तामाङ, १९ वर्षीय शीवकुमार तामाङ, २० वर्षीय सुरज पुर्वछाने मगर, २१ वर्षीय बासुदेव तामाङ, २१ वर्षकै पबिन इङ्नाम, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भई तेह्रथुमको आठराई गाउँपालिका वडा नं. ४ बस्ने एनमान दियाली, इलामको फाकफोकथुम गाउँपालिका–२ घर भई तेह्रथुमको आठराई गाउँपालिका वडा नं. ४ मा दूग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बस्नेत र पाँचथरको फालेलुङ गाउँपालिका–५ घर भई फिदिममा ग्यारेज सञ्चालन गर्ने २८ वर्षीय वीरेन्द्र राना मगरलाई पक्राउ गरिएको जनाएको छ ।

उक्त गिरोहले चोरी गरेका को ३२ प ३७८४ नम्बरको रातो राङको १५० सीसीको पल्सर मोटरसाइकल, पार्टपूर्जा खोली इन्जिन नम्बर कोरेर नबुझिने अवस्थामा स्वरुप विगारेको प्र.१–०१–०१४ प ३७९१ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल, नम्बर प्लेट परिवर्तन गरी को १७ प १८७० नम्बर प्लेट लगाइएको मे १० प १६७० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, नम्बर परिवर्तन गरी ज ५ प ८५८१ नम्बर प्लेट लगाइएको मे ४ प ३४५० नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल, वास्तविक नम्बर नखुलेको को ३९ प ६४१९ नम्बर प्लेट लगाएको २२० सीसीको निलो रङ्गको पल्सर मोटरसाइकल, वास्तविक नम्बर नखुलेको मे ४ प ३०५४ नम्बर प्लेट लगाइएको १५० सीसीको निलो रङ्गको पल्सर मोटरसाइकल र वास्तविक नम्बर नखुलेको को ३३ प ९२७५ नम्बर प्लेट लगाइएको २२० सीसीको पल्सर मोटरसाइकल फेला पारिएको सूचना अधिकारी साहले जानकारी दिनुभयो ।

शुक्रवार पक्राउ परेको उक्त समूहका सबैमाथि पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यस्तै हराएका दुई वटा मोटरसाइकल फिदिम बजारमा बेवारिसे अवस्थामा फेला पारी सवारी धनीलाई बुझाएको सूचना अधिकारी साहले जानकारी दिनुभयो ।