काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकार पुनरगठपछि पहिलो पटक बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा विशेषगरी आन्दोलनरत मिजरब्याजी पीडितको मागका सन्दर्भमा आवश्यक निर्णय हुने बताइएको छ ।
प्रतिक्रिया